नियम १६
रुपैया“ तिरेमा छुटकारा दिने
(१) अड्डा अदालतबाट जरिवाना बापत कैद ठेकी आएकोमा सो जरिवाना र जरिवाना बापत ठेकिएको कैदको लगत कारागार कार्यालयले आफ्नो लगत पुस्तिकामा कायम गर्नु पर्नेछ र सो लगत कसिएको जानकारी सम्बन्धित अड्डा अदालतलाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लगत कसिएकोमा जरिवाना तिर्न नसकी थुनामा बसिरहेको व्यक्तिले जरिवाना बापतको बा“की रकम बुझाई थुनामा मुक्त हुन चाहेमा त्यस्तो व्यक्तिबाट कानून बमोजिम बा“की जरिवाना बापतको रकम बुझी सदर स्याहा गरी लगत पुस्तिकाबाट जरिवाना तथा सो बापतको कैद लगत समेत कट्टा गरी
थुनाबाट मुक्त गरिदिनु पर्नेछ ।